+
+
कम्बोडियाको आगलागीमा नेपालीको मृत्यु :

‘नआत्तिनु उद्दारको प्रयास भइरहेको छ भनेको थिएँ’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १३:५९
होटलमा आगोलागेपछी झ्यालमा बसेर गुहार माग्दै निराकर पाण्डे ।

१५ पुुस, काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फालेका झापाका निराकर पाण्डेले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।

उनले आगलागी सुरु भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो शव घरसम्म पुर्‍यादिनु होला भन्नु भएको थियो’, खड्काले भने, ‘मैले नआत्तिनु उद्धारका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हाम फाल्नु भएछ ।’

बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो । ‘आगलागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआत्तिन भनेको थिएँ’, खड्काले अनलाइनखबरसँग भने, ‘समन्वय गर्दा गर्दै उहाँ हाम फाल्नु भएछ ।’

एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्का ।

उनले घटनास्थलमा रहेका २०/२५ भन्दा बढी शवहरू अझै निकाल्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहेका छौं ।’ पाण्डेको हकमा चाहिँ मृत्यु भएको पुष्टि भएको बताउँदै उनले शवलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए ।

अहिले पासपोर्टसहितका सामग्री साथीहरुले लिएको बताउँदै उनले भने, ‘शव पनि जिम्मा लिएका छौं ।’ पाण्डेका झापास्थित साथी दिनेश सिलवालले पनि शवलाई नेपाल ल्याउन थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत पहल थालिएको अनलाइनखबरसँग बताएका छन् ।
भवनमा भएको आगलागीका क्रममा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?