
१६ पुस, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् ।
शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका रावल पार्टीका पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन् ।
बैठकले दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएकी छन् ।थापा केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना प्रदेश सभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4