
१६ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने नजानेबारे राजनीतिक समितिबाट निर्णय गर्ने भएको छ ।
शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पर्सिदेखि सुरु हुने राजनीतिक समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रवक्ता मनिष सुमनका अनुसार चुनावको समीक्षा, पछिल्लो राजनीतिक परिस्थिति, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम र पार्टीको सहभागिता र दलहरुसँग वार्ता गर्न समिति गठन एजेण्डा तय भएको छ ।
बैठकले निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यस समितिलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4