+

रास्फोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

२०७९ पुष  १६ गते २०:४० २०७९ पुष १६ गते २०:४०
रास्फोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

१६ पुस, काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्प्टन वन्डरर्समाथि १–० को जित हासिल गरेको छ । शनिबार भएको खेलमा म्यानयुलाई जिताउन मार्कस रासफोर्डले ७६ औं मिनेटमा गोल गरे ।

म्यानेजर इरिक टेन हागले अनुशासनको विषयलाई लिएर रासफोर्डलाई स्टार्टिङ लाइनअपमा समावेश गरेका थिएनन् । ४५ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका उनले टिमलाई जित दिलाए ।

जितसँगै म्यान यु १६ खेलबाट ३२ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा रहेको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय