
१७ पुस, काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित भएको हो ।
टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्जमा चल्ने ५ जी डिभाइस स्थानीय बजारमा न्यून संख्यामा भेटियो,’ उनले भने, ‘हामीले त्यसै कारण पनि परीक्षण तत्कालका लागि स्थगित गरेका हौं ।’
टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।
सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।
फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।
प्रतिक्रिया 4