+

नेपाल टी-२० : बलर चम्किँदा जनकपुरको फारवेस्टमाथि सहज जित

२०७९ पुष  १८ गते १६:३७ २०७९ पुष १८ गते १६:३७
नेपाल टी-२० : बलर चम्किँदा जनकपुरको फारवेस्टमाथि सहज जित

१८ पुस, काठमाडौं । फारवेस्ट युनाइटेडमाथि ८२ रनको सहज जित निकाल्दै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा पाँचौं जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार १६१ रनको लक्ष्य पच्छ्याएको फारवेस्ट १५.१ ओभरमा ७९ रनमा अलआउट भयो ।

फारवेस्टका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३२ रन बनाए । रसिद खानले अविजित १७, ओपनर भीम सार्कीले १६, देव खनालले १ रन रन जोडे । जनकपुरका लागि समिउल्लाह सेनवारीले सर्वाधिक ३ विकेट लिए, सोमपाल कामी र पवन सरार्फले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १६१ रन बनायो । उसका सन्दीप जोराले सर्वाधिक ५५, कप्तान त्रिभोन ग्रिफ्थले ३२, सराफुद्दिन सरार्फले २०, चडविक वाल्टनले २४ रन र राजेश पुलामीले १६ रन बनाए ।

फारवेस्टका लागि प्रकाश जैशीले 3 र भुवन कार्कीले २ विकेट लिए ।

जितसँगै जनकपुर रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । फारवेस्ट भने ६ खेलमा १ जित र ५ हारसहित तालिकाको पुछारमा रहेको छ ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय