१९ पुस, काठमाडौं ।यही पुस २० गतेदेखि भारतमा सुरु हुने ताङ सूडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीहरु आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडीहरु नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुुनेछन् ।
प्रतियोगितामा उमेर समूहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको राजधानी नयाँदिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले ६ देखि २० वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए ।
जीआर फिटनेस सेन्टरले नेपालमा पहिलो पटक ताङ सूडो नेपाल भित्राएको थियो ।
प्रतिक्रिया 4