
१९ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’
विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4