
१९ पुस, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले २९ वर्षदेखि फरार एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा अदालतबाट २०५० सालमा ४ वर्ष ११ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं–३०, मैतीदेवी स्थायी घर भएका ५९ वर्षका श्यामकृष्ण शाही छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार उनलाई पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ ।
शाहीसहित लागूऔषध, सवारी ज्यान, विद्युतीय कारोबार, सार्वजनिक अपराध, सम्बन्ध विच्छेद लगायतका कसूरमा फरार १५ जनालाई सोमबार मात्रै पक्राउ गरिएको एसपी मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4