
१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ ।
भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र रिक्त १ सदस्यको चुनावका बारेमा कुराकानी भएको छ ।
भेटमा तिमिल्सिनाले कोरला नाकामा भन्सारका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरि पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
तिमिल्सिनाले केही दिनअघि कोरलाको भ्रमण गरेका थिए ।
यस्तै भेटमा राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयककाबारेमा पनि छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4