+
+

कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:२४

२० पुस, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।

उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने,१२:३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने, साढे १ देखि साढे २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय दिइएको छ ।

पौने तीन बजे उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ३:३० सम्म उम्मेदवार उपर दाबी विरोध, चार बजेसम्म अन्तिम नामावली प्रकाशन, ४ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सुरत रावतले बताए ।

दलको नेतामा उम्मेदवारी दिन २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । कांग्रेसको प्रदेश कार्य समितिको कार्यालय परिसरमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?