
काठमाडौं । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् ।
‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यसअघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक प्रकाश सपुतको नाम सार्वजनिक गरिएको थियो ।
लोकस्टारको दोस्रो सिजन हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।
नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4