+
+

विनोद र हशमतुल्लाहको शतकीय साझेदारीमा फारवेस्टले काठमाडौंलाई दियो १९८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १४:४२

२१ पुस, काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० लिगमा विनोद भण्डारी र कप्तान हशमतुल्लाह शाहिदीको शतकीय साझेदारीमा फारवेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई १९८ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको छ । फारवेस्टका ओपनर द्वय शाहिदी र भण्डारीले उत्कृष्ट ब्याटिङ गरे ।

शाहिदीले पहिलो विकेटका लागि भण्डारीसँग १ सय ५७ रनको साझेदारी गरेका थिए । यो जारी नेपाल टी-२० लिगको सबैभन्दा धेरै रनको साझेदारी हो ।

१६.३ ओभरमा अविनाश बोहराको बलमा क्याचआउट हुनु अघि भण्डारीले ४४ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन योगदान गरे ।

शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रन जोडे । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे ।

काठमाडौंका वसिर अहमदले ४ ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

जारी प्रतियोगितामा यसअघि ७ खेल खेलेको फारवेस्ट एक जित र ६ हारको नतिजासहित २ अंकका साथ तालिकाको पुछारमा छ । ८ खेल खेलेको काठमाडौं समान ४ जित र हारका नतिजासहित ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?