+
+

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १५:५९

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए ।

राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको बताए ।

‘आर्थिक कूटनीति भन्छौं । तर हामी न आर्थिक नीति न कूटनीति जाने राजदुत बनाउँछौं । यस्तो भएपछि आर्थिक कूटनीति हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको नेतृत्व र साझेदारी पनि हुनुपर्दछ आर्थिक कूटनीतिलाई अघि बढाउनका लागि ।’

उनले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रुपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो । उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताए ।

बैठकका विमला राई पौडेललगायतका सांसदहरुले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?