+
+

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त

केही लघुवित्त वित्तीय संस्थाहरूले प्रतिस्पर्धाको नाउँमा गरेका अस्वस्थ गतिविधिलाई छाड्ने हो भने लघुवित्तले वास्तवमा महिलाको आर्थिक र सामाजिक उत्थानमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

भाषा पोखरेल भाषा पोखरेल
२०७९ पुष २४ गते १०:०७

व्यक्तिमा अन्तरनिहित सीप, ज्ञान र क्षमताको व्यावसायिक रूपान्तरण नै उद्यमशीलता हो । जब त्यस्तो उद्यमशीलताले समुदायको हक, हित र सामूहिक फाइदाहरूलाई जोड्ने काम गर्छ, त्यसैलाई सामाजिक उद्यमशीलता भन्न सकिन्छ । त्यसैले उद्यमशीलताको सामाजिकीकरण नै सामाजिक उद्यमशीलताको मुख्य उद्देश्य हो । सामाजिक उद्यमशीलताले नैतिक आचरण र बृहत् समुदायको हितानुकूलका उद्यमशील तथा व्यावसायिक गतिविधिलाई समेट्दछ ।

जब सामाजिक उद्यमशीलता बृहत् सामाजिक र सामुदायिक हितमा अन्तरनिहित रहन्छ भने त्यसमा ग्रामीण किसान, मजदुर, पिछडिएको वर्ग र समुदाय, गरिबीको रेखामुनि रहेका समुदाय एवं विपन्न वर्गको आर्थिक एवं सामाजिक उत्थानको लक्ष्य अन्तरनिहित हुन्छ । ती वर्ग र समुदायलाई लक्षित गरी अवलम्बन गरिएको व्यावहारिक, नवीनतम र दिगो विकासका अवधारणाको रूपमा सामाजिक उद्यमशीलतालाई लिइएको हुन्छ । त्यसैले सामुदायिक हित प्रवर्द्धनका लागि यो निकै महत्वपूर्ण विषय पनि हो ।

यसले समुदायमा सामाजिक मूल्य तथा मान्यता स्थापित गर्दै समुदायको सामूहिक समृद्धि र समुन्नतिलाई नै प्रमुख लक्ष्य ठान्दछ । सामाजिक उद्यमशीलताले समाजमा विद्यमान आर्थिक तथा सामाजिक सबै खालका समस्यालाई सम्बोधन गर्दछ । सामाजिक उद्यमशीलता भित्र सामाजिक उद्यमीको अभिरुचिलाई ध्यान दिंदै स्थापना गरेका नाफारहित वा नाफामुखी संस्थाले जीविकोपार्जनका साथै शिक्षा, स्वास्थ्य, अमनचयन, सुधार, मानवअधिकार, कामदारहरूको अधिकार, वातावरण संरक्षण, आर्थिक विकास, कृषि जस्ता क्षेत्रमा काम गर्ने हैसियत बनाएका हुन्छन् ।

सामाजिक उद्यमशीलता सामाजिक उद्यमीलाई संगठित पार्ने एउटा प्रणालीका रूपमा विकास गरिएको सामुदायिक संरचना हो । त्यसैले सामाजिक उद्यमशीलता एक असल नियत भएका मानिस र संस्थाहरूको गन्तव्य हो । यो प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सबैको उत्तम जीवनको आधार पनि हो । त्यसैले यो ग्रामीण समुदायका मानिसहरूको जीविकोपार्जनमा दिगो सुधार ल्याउने मुख्य अस्त्र हो ।

सामाजिक उद्यमशीलता एउटा सामाजिक व्यवसाय हो, जसले विकासलाई दिगो बनाउँछ, नयाँ वस्तुहरू उत्पादन र सामाजिक महत्वका विषयको पहिचान गर्छ । साथै सामाजिक आवश्यकताहरूलाई ध्यान दिंदै तिनको परिपूर्तितर्फ केन्दि्रत हुन्छ । यसले रोजगारी सिर्जना र समानताको सदैव वकालत गर्छ । उदाहरणका लागि सामाजिक उद्यमीहरू साधारणतया माछा दिने अन्तरवस्तु होइनन् परन्तु माछा कसरी मार्ने ? भनेर सिकाउने अभियन्ता हुन् ।

गाउँघरमा महिलाहरूले गरेको कार्य देखेर समाजका प्रत्येक व्यक्तिले उद्यमशीलताको मर्म र महत्व बुझी आफू पनि उद्यमशील बन्न उत्प्रेरित हुसक्छ । त्यसैले एक कप चिया कसैलाई निःशुल्क घरमा बाँड्ने होइन कि ट्यांकी खोलेर त्यही एक गिलास पानी पनि बेचेर आम्दानी गर्नुपर्छ भन्ने कुरा सिकाउने कार्यलाई लघुवित्तले प्रवर्द्धन गरेको हुन्छ

जसले माछा मार्ने उद्यममा गहन अध्ययन गरी लक्षित क्षेत्र र समुदायमा आमूल परिवर्तन नआउन्जेलसम्म आफ्ना क्रियाकलापहरू जारी राख्छन् । सामाजिक उद्यमीहरूले अरूलाई सहयोग गर्न आफ्ना विचार प्रयोग गर्नुका साथै अरूहरूलाई पनि स्वाभिमानी बनाउँछन् ।

सामाजिक उद्यमशीलता नाफा आर्जन गर्ने भन्दा पनि सामाजिक उत्थान र परिवर्तनका लागि अघि सारिएको व्यावसायिक धर्म हो, जसमा उद्यमीले समाज रूपान्तरणको काम गर्नुको साथै श्रम, सेवा वा लगानीको उचित पारिश्रमिक पनि लिन्छन् । यससँगै उद्यमीको जीविकोपार्जन बलियो बन्नुका साथै त्यसमा सहभागी हुनेहरूको समुन्नतिको वार्ता फराकिलो बन्दै जान्छ । यस क्रममा उद्यमीले नयाँ र समयानुकूल सामाजिक मूल्य र मान्यता सिर्जना गर्दै समुदायको दिगो विकासमा आफूलाई समर्पित गर्छ ।

यस्ता सामाजिक उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि लघुवित्त संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । गरिबीको चपेटामा पिल्सिएका जनतालाई गरिबीबाट मुक्त गर्दै, सबैलाई सामाजिक र आर्थिक हैसियतयुक्त बनाउने र समाजमा सम्मानित जीवन बाँच्ने आधार खडा गर्नु नै सामाजिक उद्यमशीलताको मुख्य ध्येय हो । अनि लघुवित्तहरू त्यही ध्येयलाई टेवा पुर्‍याउने लक्ष्य लिएका संस्थाहरू हुन् । तथापि पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो ध्येय अनुरूप कार्यसम्पादन गर्न नसक्दा संस्थाहरूमा अनेक समस्या देखिएका छन् ।

गरिबी उन्मूलन गर्ने हाम्रो राष्ट्रिय सपना हो । यो सपना पूरा गर्नका लागि गरिबी विरुद्ध व्यावसायिक धैर्यका साथ अन्तिम नतिजा नआउन्जेलसम्म लड्नु आवश्यक हुन्छ । जो नागरिक आफूले आफ्नो जीवन परिवर्तन गर्न सकिरहेका छैनन् तिनीहरूका लागि स्रोतको उपलब्धता, ज्ञानको विस्तार अनि क्षमता विकास गरेर गरिबीबाट बाहिर ल्याउन सकेमा मात्र हाम्रो आर्थिक, सामाजिक विकासको अभियान र आन्दोलन सार्थक हुनेछ ।

व्यक्ति र समुदाय उद्यमी नबनेसम्म आर्थिक रूपान्तरण र सामाजिक समृद्धिको आधार पहिल्याउन सकिंदैन । त्यसैले सामाजिक रूपमै उद्यमशीलताको विकास गरी नयाँ शिराबाट विकासको प्रस्थानविन्दु तय गरिनु आवश्यक छ । यसैका लागि नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाको रूपमा लघुवित्त वित्तीय संस्थाहरूको प्रवर्द्धन गरेको हो ।
लघुवित्त वित्तीय संस्थाको मुख्य उद्देश्य नै सामाजिक उद्यमशीलताको विकास गर्नु हो । सामाजिक उद्यमशीलतालाई केन्द्रविन्दुमा राखेर लघुवित्त वित्तीय संस्थाहरूले

कार्य गर्दै आइरहेका छन् । लघुवित्तको प्रमुख उद्देश्य नै सामाजिक उद्यमशीलतालाई बृहत् आकारमा प्रवर्द्धन गरी लघुवित्तको मर्म र भावना अनुरूप कार्य सम्पादन गरी सबैलाई उन्नतिको पथमा लम्काउनु हो ।

लघुवित्त संस्थाले सामाजिक उद्यमशीलता मात्रै भन्नु भन्दा पनि सामाजिक महिला उद्यमीलाई प्रमुख स्थान तथा प्रश्रय दिएको हुन्छ । महिला समाज निर्माणका मुख्य हिस्सेदार हुन् । महिला जबसम्म आत्मनिर्भर बन्दैनन् समाज आत्मनिर्भर बन्न सक्दैन । अनि जबसम्म समाज आत्मनिर्भर बन्दैन, राष्ट्र आत्मनिर्भर बन्न सक्दैन । त्यसैले मुलुकको आत्मनिर्भर अर्थतन्त्रको संवाहक नै समाजका महिला हुन् ।

त्यसैले महिला विना मूल्यका कामदार मात्रै होइनन् भन्ने मूल भावनालाई लघुवित्तको उद्देश्यले समाजमा व्यावहारिक रूपमै चरितार्थ गर्न मद्दत गरेको हुन्छ । पुरुषले खाना बनाएमा आम्दानी गर्ने तर महिलाले सधैं र सबै कार्य विना मूल्यमा नै गर्ने भन्ने कुराको विरोध लघुवित्तले गर्दछ । महिलाको घरायसी कार्यसम्पादनको पनि मूल्य हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्दछ । त्यसैले मूलतः लघुवित्तले महिलाको हकअधिकार र सामाजिक तथा आर्थिक सुरक्षाको सुनिश्चितताको काम गरेको हुन्छ ।

तर, विडम्बना यस्तो छ कि नेपालमा महिलाको नाउँमा कुनै सम्पत्ति नै हुँदैन । सम्पत्तिविहीन महिला ९० प्रतिशत भन्दा बढी होलान् । यसरी हेर्दा समग्र महिला नै सुकुम्बासी बन्न पुगेका छन् । त्यसैले समाजमा महिला उत्थान र उनीहरूलाई अर्थतन्त्रको बृहत् हिस्सासँग साझेदार बनाउनको लागि सबैभन्दा पहिला सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरिनुपर्दछ ।

महिलाले जहाँ रहे पनि सक्दासम्म गरिखाने मात्रै हो । माइतीको सम्पत्तिमा अधिकार हुँदैन, पराइ घरमा गर्न सक्दासम्म र राम्रो हुँदासम्म गरिखान पाउने मात्रै हो । त्यसैले उनीहरूको आफ्नो सम्पत्ति कहींकतै हुँदैन । त्यसैले यस्तो अवस्थाको अन्त्य नहुँदासम्म महिला वर्गको आर्थिक उत्थान हुँदैन । जबसम्म महिलाको आर्थिक उत्थान हुँदैन मुलुकले प्रगति गर्नै सक्दैन ।

त्यसमाथि पनि हाम्रो समाजमा छोरीलाई बाबुआमाले ‘मारे पाप पाले पुण्य’ भनी कन्यादान गरिदिने प्रचलनका कारण पनि छोरीलाई वस्तुमै सीमित गरिदिएको छ । गाउँघरतिर माइतीबाट दाइजोमा भैंसी ल्याएमा मात्रै पनि नारी आफ्नो पेवा ठानी भैंसीको स्याहारसुुसार गरी आम्दानी गर्न सक्छे र उक्त भैंसीको अधिकार घरमा कसैले खोज्दैनन् । केही नल्याई आएका महिलाहरू के गरिखाने ?

म्रो हुँदा सबै आफ्नो हुन्छ नराम्रो वा अप्ठ्यारो पर्दा आफ्नो साथमा केही नहुनु नै महिलाको वास्तविकता हो । केही गर्न खोजे पूँजी हुँदैन । त्यसैले केही उद्यमशील कार्य गर्न खोज्ने तर लगानी जुटाउन नसकेर अभरमा परेका महिलालाई लघुवित्त संस्थाले सुवर्ण अवसर प्रदान गरेको हुन्छ । अब उनीहरूले तन, मन, धन मिल्ने इमानदार दिदीबहिनीसँग मिलेर समूह निर्माण गरी समूह र नागरिकताको आधारमा उनीहरूको नैतिकता र इमानदारीलाई नै धितो मानी धेरै थोरै कर्जा निकालेर केही उद्यम गर्न चाहने महिलालाई सुनौलो अवसर लघुवित्त संस्थाले प्रदान गर्दछ ।
वि

भिन्न सीपमूलक र आय आर्जनका विषयमा निःशुल्क तालिम प्रदान गरी स्वरोजगार तथा महिलालाई सामाजिक उद्यमी बन्न हरदम उत्प्रेरित गर्दछ । लघुवित्तमा काम गर्ने कर्मचारीहरू सामाजिक अभियन्ताले झैं गरी उद्यमशीलतालाई प्रोत्साहन गरिरहेका हुन्छन् । महिलाहरू आर्थिक रूपमा समृद्ध बन्नुपर्दछ, अरू कसैको भर पर्नुहँुदैन भन्ने मुख्य सोचाइका साथ लघुवित्तले काम गरेको हुन्छ ।

वास्तवमा लघुवित्तले गाउँमै कमाउने र गाउँमै रमाउने तरिकालाई प्रवर्द्धन गरेको हुन्छ । कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाउने तरिका, अरूलाई पनि गाउँमै बसूँ बसूँ लाग्ने वातावरणको सिर्जना गर्नमा लघुवित्तको अहम् भूमिका हुन्छ ।

गाउँघरमा महिलाहरूले गरेको कार्य देखेर समाजका प्रत्येक व्यक्तिले उद्यमशीलताको मर्म र महत्व बुझी आफू पनि उद्यमशील बन्न उत्प्रेरित हुसक्छ । त्यसैले एक कप चिया कसैलाई निःशुल्क घरमा बाँड्ने होइन कि ट्यांकी खोलेर त्यही एक गिलास पानी पनि बेचेर आम्दानी गर्नुपर्छ भन्ने कुरा सिकाउने कार्यलाई लघुवित्तले प्रवर्द्धन गरेको हुन्छ ।

केही लघुवित्त वित्तीय संस्थाहरूले प्रतिस्पर्धाको नाउँमा गरेका अस्वस्थ गतिविधिलाई छाड्ने हो भने लघुवित्तले वास्तवमा महिलाको आर्थिक र सामाजिक उत्थानमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले सामाजिक उद्यमशीलताको प्रवर्द्धनमार्फत बृहत् सामाजिक हित र महिलाको आर्थिक उत्थानमा योगदान गरेको हुन्छ । त्यसैले लघुवित्त नै महिलाको असल साथी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?