
२४ पुस, काठमाडौं । फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4