+

अल नासरमा रोनाल्डो आगमनको शिकार बने अबुबाकर

२०७९ पुष  २५ गते १६:४६ २०७९ पुष २५ गते १६:४६
अल नासरमा रोनाल्डो आगमनको शिकार बने अबुबाकर

२५ पुस, काठमाडौं । साउदी अरबको क्लब अल नासारमा क्रिष्टियानो रोनाल्डोको आगमनसँगै क्यामरुनका भिन्सेन्ट अबुबाकर शिकार बनेका छन् । समाचारमा जनाइएअनुसार उनले आफ्नो सम्झौता समाप्त गर्न चाहेका छन् ।

साउदी अरबमा खेलाडी दर्ताको नियम कडा छ । किनभने क्लबहरुले बढीमा ८ जनामात्र विदेशी खेलाडी राख्न पाउँछन् । त्यसैले अबुबाकर ट्रान्सफर मार्केटमा राखिएका छन् । रोनाल्डोको आगमनसँगै यो अनुमान सुरु भएको थियो ।

सन् २०२२ को विश्वकपमा अबुबाकर क्यामरुनका सर्वश्रेष्ठ खेलाडी थिए । उनलाई प्रस्तावको कुनै कमी छैन । कतारमा उनले सर्वियासँग ३–३ को बराबरीका क्रममा एक गोल र एक असिस्ट गरेका थिए । ब्राजिललाई हराउन निर्णायक गोल गरेका थिए । यति हुँदाहुँदै पनि अफ्रिकी टिम समूहबाटै बाहिरिएको थियो ।

ब्राजिलविरुद्ध निर्णायक गोलको खुसी मनाएसँगै रातो कार्ड पाउँदा उनी खुसी मनाउँदै मैदान बाहिरिएका थिए ।

३० वर्षीय अबुबाकरले अल नासरका लागि लिग र कप गरी १२ खेल खेलेका छन् । ४ गोल र २ असिस्ट गरेका छन् ।

केहि दिनअघि अल नासरले रोनाल्डोलाई स्वागत गरेको भिडियो सार्वजनिक गरेको थियो । भिडियोमा रोनाल्डोले अबुबाकरसँग कुरा गरिरहेको देखिएको थियो । तर, उनीहरु अल नासरमा एकसाथ खेल्न नपाउने भएका छन् ।

टर्कीको बेसिकटासबाट खेलिसकेका उनी फेनरबाचेमा अनुबन्ध हुनसक्ने समाचारमा जनाइएको छ । यद्यपी इंग्लिस सन्चारमाध्यमले म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुनसक्ने बताएका छन् ।

अल नासरमा उनको स्थान रोनाल्डोले लिए पनि युनाइटेडमा रोनाल्डोको स्थानका लागि उनी उपयुक्त हुने इंग्लिस सन्चारमाध्यमको दावी छ ।

 

अल नासर भिन्सेन्ट अबुबाकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय