
नयाँ वर्ष सन् २०२३ को सुरुवातसँगै सामसुङ कम्पनीको बहुप्रतीक्षित नयाँ स्मार्टफोन सार्वजनिक हुने मितिको खुलासा भएको छ ।
सामसुङले आगामी फेब्रुअरी १ मा आफ्नो फ्लागसिप ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोन लन्च गर्ने घोषणा गरेको छ । सामसुङ कोलोम्बियाको आधिकारिक वेबसाइटमा उक्त जानकारी दिइएको छ । यद्यपि त्यसमा ग्यालेक्सी एस-२३ का विषयमा थप विवरण उल्लेख गरिएको छ ।
स्मरण रहोस्, पछिल्लो केही समययता सामसुङको आसन्न एस-२३ सिरिजका स्मार्टफोनका फिचरका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् । जसअनुसार एस-२३ सिरिजमा विभिन्न तीनवटा मोडेल एकसाथ सार्वजनिक हुनेछन् । ती स्मार्टफोनहरु कटन फ्लावर, मिस्टी लिलाक, बोटानिक ग्रिन र फेन्टम ब्लाक चारवटा रङमा उपलब्ध हुने बताइएको छ ।
रिपोर्ट अनुसार ग्यालेक्सी एस-२३ अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ । त्यस्तै एस-२३ र एस-२३ प्लसमा चाहिं ५० मेगापिक्सेलको मुख्य क्यामरा हुने दाबी गरिएको छ ।
प्रतिक्रिया 4