
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘माइ पे’ अब ‘फोन पे’को नेटवर्कमा जोडिएको छ ।
८ लाख भन्दा बढी सेवाग्राही भएको ‘माइ पे’ र ‘फोन पे’ बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै ‘माइ पे’ मंगलबारदेखि विधिवत रुपमा ‘फोन पे’को नेटवर्कमा जोडिएको हो ।
यससँगै अब ‘फोन पे’का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा ‘माइ पे’का सेवाग्राहीले क्यूआर मार्फत भुक्तानी गर्न पाउनेछन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा ‘फोन पे’का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले ‘माइ पे’लाई ‘फोन पे’को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताए । अब ‘माइ पे’का प्रयोगकर्ताले पनि क्यूआर मार्फत भुक्तानी गर्न पाउने र त्यसले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने उनले बताए ।
कार्यक्रममा ‘माइ पे’का प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन ‘फोन पे’को नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4