
२६ पुस, काठमाडौं । महुली लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4