
२६ पुस, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए ।
‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भने ।
नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्याउन ३१ सिट चाहिन्छ ।
अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4