
२६ पुस, काठमाडौं । ३० पुस (शनिबार) देशभरका कर कार्यालय र राजस्व संकलन गर्ने बैंकको शाखा र काउन्टर खुला हुने भएका छन् ।
आयकरको ४० प्रतिशत किस्ता दाखिला गर्ने समय पुस मसान्त हो । साथै आय विवरण तथा रकम जम्मा हुने समय भएकाले सो शनिबार कार्यालय खुला रहने आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिन समेत राजस्व संकलन निरन्तर गर्न भनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4