+
+

स्वार्थ बाझिने गरी रेटिङ गरेपछि ‘केयर रेटिङ्स’लाई सोधियो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते २०:२९

२६ पुस, काठमाडौं । नियम विपरीत क्रेडिट रेटिङ गरेको पुष्टि भएसँगै केयर रेटिङ्स कम्पनीलाई पनि कारबाही गरिने भएको छ ।

स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीहरुको नै रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्स नेपाललाई कारबाहीमा गर्न प्रक्रिया अघि बढाएको हो ।

उक्त कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण सोधिएको बोर्ड स्रोतले जनाएको छ । २४ पुसमा बोर्डको सञ्चालक समितिले केयर रेटिङ्स नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ नियमावली २०६८ को उलंघन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको हो ।

कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारवाही किन नगर्ने ? भनी सफाइ पेश गर्न सूचीत गरिएको बोर्ड स्रोतले जनाएको छ ।

यस्तै कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्ध नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने रु भनी स्पष्टीकरण पेश गर्न सूचित गरिएको बोर्ड स्रोतले जनाएको छ ।
विशाल ग्रुपको लगानी रहेका यो रेटिङ कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको बैंकिङ ऋणका लागि रेटिङ गरेको पाइएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

केयरले युनाइटेड डिस्ट्रीब्युटर्स, एसियन डिस्ट्रीब्युटर्स, भीजी अटोमोबाइल्स, घोराही सिमेन्ट, मैनबत्ती स्टिल, ग्लोबल ट्रेडिङ कन्सर्न लगायतका कम्पनीको रेटिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?