
२७ पुस, काठमाडौं । अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) को २३ महाधिवेशन फागुनमा हुने भएको छ ।
बुधबार बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३,४ गते काठमाडौंमा गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ ।
अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ । त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4