+
+

स्वरोजगार लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ११:१४

२८ पुस, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल काय चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको २२ प्रतिशतले हुने आउने ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.१५७९ प्रतिशतले हुन आउने ५९ लाख ५२ हजार ७२७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?