
२८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ ।
बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
‘यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादीमा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ’ पत्रमा भनिएको छ ।
एकीकृत समाजवादीले एमालेको नवौं महाधिवेशनको निर्णयप्रति अहिले पनि प्रतिबद्ध रहेको भन्दै नेपाली क्रान्तिको कार्यदिशा अहिले पनि त्यही रहेको बताएको छ ।
यसअघि घनश्याम भूसालले २६ पुसमा एक वक्तव्य जारी गर्दै एमाले र माओवादी दुवैले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा व्याख्या गर्न थालेको र एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोसिस गरेको बताएका थिए ।
उनले आफूसँग एकताका लागि एकीकृत समाजवादीको वार्ता समितिले छलफल गरेको भन्दै केही प्रस्ताव राखेका थिए । उक्त प्रस्तावको जवाफको अपेक्षा गरेका थिए ।
हेर्नुहोस् पत्र
प्रतिक्रिया 4