
२९ पुस, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत गरेको छ ।
कम्पनीले १३ मंसिरमा हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको प्रस्तावित लाभांश २६ पुसमा विद्युत नियमन आयोगले स्वीकृत गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4