
१ माघ, काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो ।
सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यसपछि जहाज दुर्घटनामा परेको हो । दुर्घटनाको कारण अझै खुलेको छैन ।
काठमाडौंबाट पोखरासम्मको उडान दूरी २५ मिनेटको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए । केन्द्रका अनुसार पोखरामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन भएका थिए ।
थप हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको केन्द्रले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्तिः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4