
१ माघ, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङले पोखरमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा दुःख व्यक्त गरेका छन् ।
राजदूत छेनले ट्वीटरमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
‘पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार (सहानुभूति) नेपाली जनताको साथमा छ । मृतहकरूप्रति श्रद्धाञ्जली , शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,’ राजदूत छेनले ट्वीटरम उल्लेख गरेका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने तीन जना बालबालिका छन् ।
दुर्घटनामा पर्नेमा भारतका पाँच जना, रसियाका चार जना, कोरियाका दुई जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका एक/एक जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
प्रतिक्रिया 4