+
+

मिस युनिभर्सको उपाधि अमेरिकाकी ग्राबियललाई, नेपाल अन्तिम १६ अघि नै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:१६

काठमाडौं । यस वर्षको मिस युनिभर्सको उपाधि अमेरिकाकी रबोनी ग्राबियलले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान भएको ग्राण्ड फिनालेमा फेसन डिजाइनर समेत रहेकी उनले ७१ औं मिस युनिभर्सको उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

अघिल्लो संस्करणकी विजेता हर्नाज सन्धुले ग्राबियललाई ताज पहिर्‍याइदिइन् । फेसन डिजाइनर समेत रहेकी २८ वर्षीया ग्राबियल ह्युस्टन, टेक्ससकी बासिन्दा हुन् । भेनेजुएलाकी अमान्डा डुडामेल फस्ट रनरअप, डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज फ्युनियर सेकेन्ड रनरअप घोषित भए ।

विजयी घोषित ग्राबियल मिस युनिभर्सको उपाधि जित्ने पहिलो फिलिपिनो अमेरिकी हुन् । फेसन डिजाइनर, मोडल र सिलाई प्रशिक्षक समेत हुन् उनी । युनिभर्सिटी अफ नर्थ टेक्ससबाट फेसन डिजाइनमा स्नातक उत्तीर्ण उनी आफ्नै दिगो कपडा लाइनको सीईओ हुन् ।

नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिएकी थिइन् । उनले अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन् । एसियाली मुलुक थाइल्याण्डकी अर्बपति एनी जक्काफिङ जक्रजुटाटिपले स्वामित्व ग्रहण गरेयता पहिलोपटक अमेरिकाको न्यु अर्लियन्समा मिस युनिभर्सको ७१ औं संस्करण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?