
काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा वसन्त थापा सर्वसम्मत चुनिएका छन् । काठमाडौंमा सम्पन्न १३ औं साधारणसभा तथा छैटौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्ष र महासचिवका लागि भने निर्वाचन भएको थियो । उपाध्यक्षमा रमेश कोइराला निर्वाचित भए । उनले ५३ मत पाउँदा अर्का प्रत्यासी विपिन किरणले १६ मत प्राप्त गरे ।
महासचिवमा महेश आचार्यलाई हराउँदै टीका राई (शिव) निर्वाचित भएका छन् । उनले ४८ मत पाउँदा आचार्यले १६ मत ल्याए ।
यसैगरी संघको सचिवमा शीतल कादम्बिनी, कोषाध्यक्षमा चेतन खतिवडा निर्विरोध चयन भएका छन् । सदस्यहरुमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बतबहादुर दर्लामी र भगवती रोक्का (भूमिका) चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4