
२ माघ, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4