+
+

रास्वपाले पायो शिक्षा र श्रम मन्त्रालय, उपसभामुख पनि पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते २३:५०

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । स्रोतका अनुसार शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्यालको सम्भावना छ ।

रास्वपाले एक राज्यमन्त्री पाएको छ । पार्टीले उपसभामुख पनि पाउने पक्का भएको सभापति लामिछानेले पार्टीका नेताहरुलाई जानकारी दिएका छन् ।

उपसभामुखको निर्वाचन ७ माघमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?