+
+

निजगढमा विमानस्थल बन्छ, निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १५:०३

३ माघ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् ।

मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए ।

नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?