
३ माघ, काठमाडौं । मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।
खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।
पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले अनलाइनखबरसँग बताए ।
‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’
प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
यो पनि पढ्नुस् :
प्रतिक्रिया 4