+
+

पदभार सम्हाल्दै कृषिमन्त्री साहले गरिन् दुई निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:५५

३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले पदभार ग्रहण गरेकी छन् । मंगलबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पुगेर उनले पदभार सम्हालेकी हुन् ।

पदभार सम्हालेपछि उनले कृषि तथा पशु बीमाको अनुदान कार्यक्रमको अभिलेख राख्ने, कृषि उत्पादन र लगानी दशकसम्बन्धी दुई वटा निर्णय गरिन् ।

मन्त्रीको पहिलो निर्णयअनुसार कृषि तथा पशुपन्छी बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज्ड गर्न प्रत्यक्ष हेरिने सफ्टवेयर मार्फत बिमा गर्ने कृषकहरुको विवरण राख्ने कामको थालनी हुनेछ ।

यस्तै आगामी दशक २०८०/८१ देखि २०८९/९० लाई कृषि उत्पादन तथा लगानी दशक अभियानका रुपमा मनाउन सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्‍मा पेश गर्न अर्थ मन्त्रालयको सहमतिका लागि पेश गर्ने निर्णय पनि कृषिमन्त्री सहले गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?