
४ माघ, काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरूपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छिन् ।
मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् ।
कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटक पटक दोहोर्याइन् ।
कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् ।
मन्त्री साहले भन्नु निन्, ‘हामी जनताको सेवाको लागि उभिएका छौं । हामी सचिवसहितका सबै कर्मचारीहरुले काम गरिरहेको अवस्था छ । कोहीको क्षमता कम होला, कसैको बढि । मेरो एउटा दायित्व के बन्न जान्छ भने निर्देशन दिने दायित्व बन्न जान्छ फेरी । मन्त्री भएको हिसावले अनुगमनको माध्यामबाट कुन कर्मचारीलाई कसरी संरक्षण गर्ने ? ’
मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्नेसमेत बताइन्। उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको समेत बताइन् ।
कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाइ थियो ।
प्रतिक्रिया 4