+
+

कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न देवराज घिमिरेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ९:२९

५ माघ, काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट सभामुखको उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरेले नेपाली कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेका छन् ।

‘सभामुख पदमा त सहमति हुनुपर्ने हो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख पदमा चुनाव चाह्यो’, अनलाइनखबरसँग घिमिरेले भने ।

आज हुने सभामुख पदको चुनावमा घिमिरेविरुद्ध कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

न्यौपानेको उम्मेदवारी कांग्रेस आफ्नो भूमिकामा स्पष्ट नहुँदाको मनोविज्ञान भएको घिमिरे बताउँछन् । ‘यो अलिकति अस्पष्ट चरित्र भयो । देशको पुरानो र प्रजातान्त्रिक पार्टी कसरी चल्न खोज्दैछ ? कम्तीमा स्पष्ट पारिदिए हुनेथियो’, घिमिरे भन्छन् ।

कार्यकारी पदमै राष्ट्रिय सहमति भन्ने कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिनुलाई घिमिरेले आशंका गरेका छन् । ‘कांग्रेसले आफूलाई स्पष्ट गर्ने कुरामा द्विविधा छ । त्यो द्विविधा किन हुँदैछ ? खेलोफड्को गरेर केही पाइहाल्छु कि भनेर त होइन ?’ घिमिरे प्रश्न गर्छन् ।

सभामुख पदमा उम्मेदवारीको अर्थ सशक्त प्रतिपक्ष बन्ने संकेत देखाएको पनि हुनसक्ने उनी बताउँछन् । तर लोकतान्त्रिक अभ्यासमा यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘प्रजातान्त्रिक कुरामा आफ्नो उम्मेदवारहरु उठाउने काम पार्टीहरूले गर्न पाउँछन् । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ’, घिमिरे भन्छन् ।

सभामुख पदमा निर्वाचित हुँदा प्रतिनिधिसभालाई निष्पक्ष र प्रभावकारी रुपमै नेतृत्व गर्ने उनी बताउँछन् । तर संसदमा सहमति मात्रै सबथोक नहुने घिमिरे तर्क गर्छन् । ‘सहमतिले मात्रै सभामुख हुनुपर्छ र सहमतिले मात्रै सभा चल्छ भन्ने हुँदैन । सिस्टमबाट चल्ने हो’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?