+

एसी मिलानलाई हराउँदै इन्टरले जित्यो इटालियन सुपर कप

२०७९ माघ  ५ गते ९:३५ २०७९ माघ ५ गते ९:३५
एसी मिलानलाई हराउँदै इन्टरले जित्यो इटालियन सुपर कप

५ माघ, काठडमाडौं । चीर प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० गोलअन्तरले हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

सिरी ए च्याम्पियनसिप इटलरले दशौं मिनेटमा फेडेरिको डिमार्कोको गोलमार्फत अग्रता बनाएको थियो । उनले निकोलो बरेल्लाको क्रसमा ट्याप इन गोल गरेका थिए ।

साउदी अरवको रियादमा खेलिएको खेलमा इन्टरका गोलरक्षक आन्द्रे ओनानाले रफायल लियोको प्रहार रोक्दा खेल बराबरीमा ल्याउन चुकेको एसी मिलानले पहिलो हाफमै अर्को गोल खायो । इडेन जेकोले शानदार फिनिसिङ गरेका थिए ।

७७औं मिनेटमा विश्वविजेता अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टरको जित निश्चित भयो ।

इन्जुरी समयमा आन्टे रेविकको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि एसी मिलानले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो ।

सन् १९७७ मा कोपा इटालिया र सन् २०११ मा सुपर कपको फाइनलमा हारेयता एसी मिलानले इन्टर मिलानसँग हार ब्यहोरेको यो पहिलोपल्ट हो ।

इटालियन सुपर कप इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय