+
+

गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु आफैंमाथि अविश्वास गर्नु हो : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:४८

५ माघ, काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैंमाथि विश्वास नगर्नु रहेको बताए ।

उनले राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति छान्नुपर्ने भन्दै राष्ट्रपति बन्न कुनै कुलमा जन्मिनु आवश्यक नभएको पनि बताए ।

‘जनताका छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ’ उनले भने । उपाध्यक्ष नेम्वाङले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले मात्र संविधानअनुसार काम गर्न सक्ने पनि बताए ।

उनले सभामुखमा सक्षम व्यक्ति निर्वाचित भएको भन्दै अब देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए । ‘सभामुखले अब हामीले विश्वास गरेको जस्तो सबैको विश्वास जितेर काम गर्नुपर्छ । मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?