
काठमाडौ । कर्पोरेट–पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब २ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कुल १ खर्ब ९ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धी भएको जनाएको छ ।
हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ६ हजार १०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएको ‘कार्पोरेट पे’ले जनाएको छ ।
यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4