
६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् ।
बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफूले एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।
घिमिरे नेकपा एमालेकातर्फबाट झापा-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4