+
+

बालविवाह रोक्न खजुराको जुक्ति : २० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १५:११

६ माघ, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ ।

बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले जानकारी दिए । वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहामा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’

वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकोले यस्तो योजना अघि सारिएको बताए । उनले भने, ‘यो वडामा मधेशी र मुस्लिम समुदायको संख्या धेरै छ, बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौं ।’

वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, र्‍याली जसता कार्यक्रम गर्दा पनि नसकेको बताए ।

३ माघदेखि सिलिन्डर दिने निर्णय गरेपनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?