
८ माघ, दमौली । तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका-३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ ।
उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १० : ३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4