
८ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।
संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।
बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ?
उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।
६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । जबकि कोइराला समूहको मत ३१ थियो । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलसमेतले समर्थन गरेका थिए ।
प्रतिक्रिया 4