+

यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगिन् सुष्मा

२०७९ माघ  ८ गते १६:०० २०७९ माघ ८ गते १६:००
यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगिन् सुष्मा

८ माघ, काठमाडौं । नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गरेकी छन् ।

थाइल्याण्डमा भइरहेको प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुली आरएससीका आधारमा पराजित गरी कम्तिमा रजत पक्का गरेकी हुन् ।

एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडी फाइनलमा पुगेको यो पहिलो अवसर हो । उनले बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । यसअघि सुष्माले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहानलाई पराजित गरेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीको सहभागिता छ । महिलातर्फ आइतबार नै हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नेछिन् । उनले् यसअघि क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरेकी थिइन् ।

बाइ पाएर कम्तिमा कांस्य पदक पक्का गरेकी त्रिशा जगेवुले ७५ केजी तौलसमूहको फाइनल प्रवेशका लागि बुधबारै काजाकस्तानकी यार्झान गुल्सायासँग खेल्दैछिन् ।

पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार भने क्वाटरफाइनलमा पराजित भइसकेका छन् । ८६ केजी तौलसमूहका विजय बाटा बाइ पाएर कम्तिमा कांस्यको हकदार बनिसकेका छन् । सेमिफाइनलमा उनले भारतका मुस्किता माइखेलसँग खेल्दैछन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सुष्मा तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय