
९ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले झ्यालझ्यालमा मन्त्रालय जनताले नरुचाएकाले मन्त्रालयको संख्या घटाएको बताएका छन् ।
गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकामा हाल घटाएर ७ वटा बनाइएको छ । सत्तारुढ दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मन्त्रालय ७ वटा मात्र राख्न उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको उनले बताए । ‘प्रदेश सरकार झ्यालझ्यालमा मन्त्रालय भएको जनताले धेरै रुचाएका थिएनन्’ मुख्यमन्त्री अधिकारीले भने ।
उनले प्रदेशलाई भार पार्ने र बजेट सक्ने भन्दा जनता लाभान्वित हुने खालका योजना पूरा गर्नतिर लाग्ने पनि बताए ।
मुख्यमन्त्री अधिकारीले भने, ‘यसरी भार पारेर फेरि पनि बजेट छर्ने भन्दा एकचरण पुराना योजना जसबाट जनता लाभान्वित हुन्छन् ती योजना सम्पन्न गर्ने र नवप्रवर्तनका लागि सोच्ने त्यो माइन्डसेटमा छलफल गरिरहेका छौं ।’
रुग्ण, पूरा नहुने, आर्थिक र वित्तीय सन्तुलन बिगि्रने खालका योजना अघि नबढाउने पनि उनले बताए । मुख्यमन्त्री अधिकारीले कुनै सेन्टिमेन्टमा, इमोसनमा र सस्तो लोकपि्रयताका लागि कुनै काम नगर्ने र गर्नैपर्ने काममात्र गर्ने पनि बताए ।
प्रतिक्रिया 4