+
+

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ३ नेताको आकांक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:३८

९ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेबाट ३ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

एमालेका एक नेताका अनुसार २५ माघमा हुने उपनिर्वाचनमा रोल्पाका कुमार दसौदी, पाल्पाका झपेन्द्र जिसी र दाङका छविलाल वली आकांक्षी छन् ।

दसौदी एमाले केन्द्रीय सदस्य हुने भने जिसी केन्द्रीय अनुशासन आयोगका सदस्य र वली केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् ।

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले २३ असोजमा राजीनामा दिएपछि उक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?