
काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने कार उनले खरिद गरेका हुन् ।
यसअघि आठ वर्षसम्म स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन इलेक्ट्रिक गाडी रोजेको बताए ।
‘अब इलेक्ट्रिक गाडी चढ्छु । मैले चढें भने अरुले पनि देख्नुहुन्छ, सिक्नुहुन्छ । पैसा बुझाएको पनि सात महिना भइसकेको थियो । गाडीको आयात बन्द हुँदा ढिलाइ भएको थियो । बल्ल आज गाडी चढ्ने मौका पाएँ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले विदेशबाट अर्बौंको तेल ल्याउँछौं । धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको पनि सदुपयोग हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4