
११ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले सस्तिएर एक लाख ६ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ५ हजार ७ सय कायम भएको छ भने चाँदीको मूल्य मंगलबार जस्तै प्रतितोला १३ सय ६५ रुपैयाँमा स्थिर छ ।
मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च एक लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय र चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4